Logo
७ बैशाख २०८१, शुक्रबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार शून्य बनाउने कुरा व्यवहारमा लागू भएन : नेता केसी

चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले मंगलवार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताएका हुन् । उनले वडा तहबाटै निर्वाचित हुने विषयमा पार्टी सभापतिले समेत सम्बोधन गरेकाले यसलाई कसैले हटाउन नसक्ने बताए । वडा तहबाटनै निर्वाचित भएर केन्द्रीय समिति बन्यो भने पार्टी चलायमान हुने र कार्यकर्ताको भावनाको कदर हुने उनको भनाइ थियो ।

नेता केसीले कांग्रेस अनेक किसिमका आरोह अवरोहका बीचमा पनि आफ्नो सिद्धान्तबाटपछि नहटेको बताए । कांग्रेसले अहिले समसामयिक रुपमा लोकतन्त्रसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयलाई उठान गर्दै आएको उनको भनाइ थियो । सरकारले भ्रष्टाचार शून्य बनाउने कुरा गरे पनि व्यवहारमा लागू नगरेको केसीको आरोप थियो । उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टचारीलाई हेर्न सक्दिनँ भन्नुहुन्छ, तर उहाँकै अगाडि एकपछि अर्को भ्रष्टचारका काण्ड बाहिर आइरहेका छन् ।’

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्