Logo
१२ बैशाख २०८१, बुधबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमल थापालाई प्रधानमन्त्रीको जवाफ : ‘जनजीविका पूरा गरौँला, तर राजनीतिक माग सम्भव छैन’

काठमाडौँ :  बिभिन्न २२ बुँदे माग सहित ज्ञापनपत्र लिएर सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राप्रपाका अध्यक्ष कमल थापालाई प्रधानमन्त्री केपि शर्मा ओलीले तत्कालै जवाफ फर्काएकाछन् ।

प्रधानमन्त्री ओलीले राप्रपाका जनतासँग जोडिएका अर्थात जनजिविका माग पुरा गर्ने प्रतिवद्धता जनाएपनि राजनीतिक माग पुरा गर्ने खालका नभएको भन्ने प्रतिक्रिया दिएको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

तर ओलीले राप्रपाले आफ्ना गतिविधिलाई निरन्तरता दिन सुझाव दिएको श्रेष्ठले बताए । ज्ञापनपत्र बुझाउनु अघि प्रधामन्त्री ओली र अध्यक्ष थापाबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिव आधा घण्टा अलगअलग छलफल भएको थियो ।

 

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्