Logo
१५ चैत्र २०८०, बिहीबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुलवामा आक्रमण पछि पाकिस्तानी प्रधानमन्त्रीको प्रतिकृया : ‘भारतले आक्रमण गरे पाकिस्तानले जवाफ दिनेछ’

काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत यदि पाकिस्तानविरुद्ध आक्रमण गरे त्‍यसको जवाफ दिने चेतावनी दिएका छन्। भारत प्रशासित जम्मू-कश्मीरको पुलवामा भएको सिआरपीएफ आक्रमणलाई लिएर पहिलो पटक सञ्‍चारमाध्‍यमम बोल्‍दै पाकिस्तानी प्रधानमन्त्री खानले उक्त चेतावनी दिएका हुन।

यसअघि भारतले जम्मू-काश्मीरमा सीआरपीएफ गाडीमा सवार ४० जना सुरक्षाकर्मीको ज्‍यान लिनेमा पाकिस्तानलाई दोषी मानेको थियो। यसपछि उक्त आक्रमणको जिम्‍मा पाकिस्तानस्थित चरमपन्थी संगठन जैश-ए-मोहम्मदले लिएका थिए।

प्रधानमन्त्री इमरान खानले भनेका छन्, ‘ सर्वप्रथम त बिना प्रमाण भारतले आरोप लगाएको छ, पाकिस्तानका लागि साउदीको शाही राजकुमारको भ्रमण यति विशेष थियौ हाम्रो। जब पाकिस्तान स्वयमले स्थायित्व र शानति चाहिरहेको छ भने हामी किन यस्तो आक्रमण गर्छौ?’

उनले प्रश्‍न गर्दै भनेका छन्, ‘ पाकिस्तानलाई यसले के फाइदा गर्छ ? यदि प्रत्‍येक चोटी तपाईलाई यस्तै गर्नु छ भने तपाई पटक पटक यही नै आरोप लगाएर भनिरहनुहुन्छ। म धेरै पटक भनिसेको छु की यो नयाँ पाकिस्तान हो। पाकिस्तान त आफै भयावहस्थितिबाट गुज्रिरहेको छ।’

प्रधानमन्त्री इमरानले कश्मीर आक्रमणबारे कुरा गर्नको लागि आमन्त्रण समेत गरेका छन्। उनले भनेका छन्, ‘ म तपाईलाई अवसर दिन्छु, आउनुस् जाँच गर्नुस्। यदि कसैले पाकिस्तानको धर्ती प्रयोग गरेर यी सबै अपराधिक गतिविधि गरिरहेको छ भने तिनीहरु सबै हाम्रो लागि दुश्‍मन हुनेछ।’

उनले पाकिस्तान आफै भयग्रस्त अवस्थाबाट आक्रान्त भएको बताएका छन्। उनले भनेका छन्, ‘हामी सय अर्ब डलर यही भयग्रस्त आक्रान्तले बर्बाद भएको छ। हिन्दुस्तानले एक पटक फेरि नयाँ तरिकाले सोच्‍नु पर्ने देखिन्छ।आखिर उनीहरु के चाहन्छन् की कश्मीरमा अब मृत्‍युको खतरा टरिसक्‍यो।’

उनले अन्तिममा भनेका छन्, ‘कुराकानीले मात्रै समस्‍याको समाधान हुन्छ। तर हिन्दुस्तानले यसको बारेमा सोच्‍नु पर्दैन? भारतीय मिडिया र राजनीतिमा सुन्नमा आइरहेको छ की पाकिस्तानसँग बदला लिनुपर्छ, त्‍यसकारण आक्रमण गर्नु जायज हनेछ । तर के पाकिस्तानमाथि आक्रमण गरिरहँदा पाकिस्तान सोचेर बस्छ ? बस्दैन। उसले जवाफ पक्‍कै दिन्छ।’

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्