Logo
८ बैशाख २०८१, शनिबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रजातन्त्रका लागि न्याय प्रेमी जनता संघर्षको मैदानमा आउनु पर्ने

काठमाडौं : राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक रुद्र जंग पुलामीले ६९ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै वास्तविक प्रजातन्त्रका लागि आम न्याय प्रेमी जनता संघर्षको मैदानमा आउनु पर्ने जनाएका छन् ।

एक शुभकामना सन्देश जारी गर्दै संयोजक पुलामीले २००७ सालमा स्थापना भएको जनताको प्रजातान्त्रिक अधिकार ०४६/०४७ हुँदैं ०६२/०६३ को जनआन्दोलनसम्म आइपुग्दा पूर्ण हुन नसकेको र त्यसका निम्ति नेपाली जनताले अझै उच्चस्तरको बलिदानी दिनुपर्ने समय आएको धारणा राखेका छन् ।

सन्देशमा उनले जनताको हित, सुरक्षा तथा देश विकासको लागि आधारभूत माध्यम प्रजातन्त्र भएपनि ठूला कहलिएका राजनीतिक दलहरुले त्यसलाई आत्मसात् गर्ने नसकेको जनाएका छन् । आम नेपाली जनतामा अझैसम्म प्रजातन्त्रको अनभूति प्राप्त हुन नसक्नु ठूलो विडम्बना र दुर्भाग्य भएको कुरा सन्देशमा उल्लेख गरेका छन् ।’ संयोजक पुलामीले वर्तमान सरकारको गतिविधिले आम जनतामा वितृष्णा, नैराश्यता बढ्दै जानु गम्भिर चिन्ताको विषय रहेको जनाएका छन् ।

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्