Logo
१३ बैशाख २०८१, बिहीबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीटीईभीटीद्वारा ४२ हजार युवालाई सीपमूलक तालिम दिने तयारी

भक्तपुर : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले ‘सीप सिक, कमाउ र तिर’ भन्ने अवधारण अघि सारेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सहयोगमा नगरकोटमा आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको विकास र विस्तारमा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा ‘सीप सिक, कमाउ र तिर’ को अवधारण लागू भएको जानकारी दिइएको हो ।

उक्त कार्यक्रमबाट आयआर्जन गरि विपन्न वर्गलाई प्राविधिक शिक्षा अध्ययन गराउन सकिने कार्ययोजना लागू गर्न सोच सीटीईभीटीको रहेको छ । शैक्षिक सत्र २०७३/०७४ मा सीटीईभीटी अन्तर्गत आङ्गिक शिक्षालयहरु १९ वटामा संचालनमा थिए भने सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा ९टेक्स० कार्यक्रम सञ्चालन गर्ने विद्यालयको संख्या ११७ रहेको सदस्य सचिव डा।पुष्परमण वाग्ले बताए ।

उनका अनुसार हाल आङ्गिक शिक्षालयको संख्या ४५ बटा छन् भने १८ बटा आङ्गिक शिक्षालयहरुमा कार्यक्रम थप गरिएको छ । टेक्स विद्यालयको संख्या ३९७ मा पुगेको बताउँदै उनले शिक्षालयहरुमा कृषि, इन्जिनियरीङ्ग, स्वास्थ्य, होटल व्यवस्थापन जस्ता प्राविधिक कार्यक्रम संचालन भएको र प्रशिक्षार्थीको भर्ना क्षमतामा ४४ हजार ३५० जनाबाट ६० हजार ८६९ जना पुगेको उल्लेख गरेका छन् ।

राज्यको पहुँच बाहिर रहेका वर्गलाई खान, बस्न, पोशाक र यातायत सुविधा सहित विशेष छात्रवृत्ति व्यवस्था गरी ४ हजार ८ सय ७० जनालाई प्राविधिक शिक्षाको दिएको वाग्लेको भनाई छ । कार्यक्रममा सीटीईभीटीका निर्देशक तथा पूर्व सदस्य सचिव रमेश बखतीले प्रत्येक प्रदेशका ६ हजार युवाका दरले ७ प्रदेशमा ४२ हजार युवालाई निकट भविष्यमै सीपमूलक तालिम दिने तयारी भैरहेको बताए ।

एउटै छानामुनिबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका विभिन्न विधाहरुमा कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यका साथ संचालनमा रहेका आङ्गिक शिक्षालय, वहु प्राविधिक शिक्षालयहरुको स्तरोन्नति गरी हरेक प्रदेशमा एक-एक वटा नमूना वहु प्राविधिक शिक्षालय स्थापना गर्ने कार्य शुरु गरिएको छ ।

लैङ्गिक समानता कायम गर्दै महिलाहरु प्रविधिक शिक्षामा आकर्षित गर्न हरेक महानगरपालिकामा महिला पोलिटेक्निक स्थापना गर्ने सोच अगाडि वढाइएको कार्यक्रममा जानकारी दिइएको छ ।  वरिष्ठ पत्रकार बद्री तिवारीले पत्रकारको तर्फबाट र सीटीईभीटीका निर्देशक प्रमोदभक्त आचार्यले सीटीईभीटीको तर्फबाट प्रस्तुतिकरण गरेका थिए ।

 

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्