Logo
१२ बैशाख २०८१, बुधबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा गोली हानी तीन बालबालिकासहित चारको हत्या

शिकागो : अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ ।

सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो । अधिकारीहरुले थप विवरण दिन अस्विकार गरेका छन् ।

उनीहरुले सर्वसाधारणलाई भने यसबाट कुनै खतरा नरहेको बताएका छन् । गोली हान्नेलाई नछाडीने उनीहरुको भनाई छ । घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्