Logo
८ बैशाख २०८१, शनिबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजैदेखि लागु हुने गरि दीपकराज जोशीकाे राजीनामा : ‘दबाब आयो, सहजीकरण गरिदिएँ’

दिपकराज जोशी

काठमाडौं : बिभिन्न किसिमले विवादमा तानिएका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । फागुन ७ गते मंगलबारबाट लागु हुने गरी न्यायाधीश जोशीले प्रधानन्यायाधीशमार्फत् राष्ट्रपतिलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि जोशी केही समय वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वोच्च अदालतमा बहाल रहेका थिए ।

तर ओमप्रकाश मिश्रको उमेर हदको कारण सेवा अवधि सकिएपछि सर्वोच्चको कमाण्ड सम्हालेका नयाँ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निरन्तर दबाबपछि जोशीले मंगलबार राजीनामा बुझाएका हुन् ।

उमेर हदलाई हेर्ने हो भने जोशीले आगामी असोज २३ गतेसम्म सेवा गर्न पाउँथे । तर चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीश बनेलगत्तै जोशीलाई राजीनामा गर्न सुझाएका थिए । तर जोशीले राजीनामा नदिई सर्वोच्चमै बसेपछि राणा र जोशीबीच ‘शीतयुद्ध’ नै चलेको थियो ।

संविधान वा कानुनले जोशीलाई हटाउन मिल्दैनथ्यो । सबै प्रयास असफल भएपछि राणाले पनि पछिल्लो समय थप हमला गर्ने प्रयास गरेनन् । जोशीले आफ्नो राजीनामा प्रधान न्यायाधीशमार्फत् राष्ट्रपतिलाई बुझाएका हुन् ।

राजीनामा गरेलगत्तै जोशीले दबाब आएपछि राजीनामा दिएको बताए । ‘मलाई निरन्तर दबाब आइरह्यो । शिष्ट, अशिष्ट सबै प्रकारबाट राजीनामाको लागि दबाब आइरह्यो । पेसी पनि दिइएन । त्यसपछि मैले आज सहजीकरण गरिदिएँ,’ उनले भने ।

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्