Logo
१५ चैत्र २०८०, बिहीबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नासु-खरिदार गरि ११ हजार ८३ जना कर्मचारीको समायोजन

काठमाडौ :  सरकारले ११ हजार ८३ जना नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।

सोमबार साँझ सार्वजनिक गरेको सूचीमा नायव सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको सूची सार्वजनिक गरेको हो । समायोजित कर्मचारीको सूची समायोजन डट जीओभी डट एनपीमा हेर्न मिल्ने गरी राखिएको छ।

जसमध्य ६ हजार चार सय ७७ जना नायव सुब्बा र चार हजार ६ सय ६ जना खरिदारको समायोजन भएको छ।  समायोजन भएका नायव सुब्बामध्ये सामान्य प्रशासनतर्फ ५ हजार ८ सय २ रहेका छन् भने राजश्व तर्फ ६ सय ७५ जना रहेका छन्।

जसमध्ये सामान्य प्रशासनतर्फ तीन हजार ३ सय १० जनाले सङ्घ, एक हजार एक सय ५९ जनाले प्रदेश र एक हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका छन्। त्यस्तै समायोजन भएका प्रशासन सेवा सामान्य प्रशासन समूहका चार हजार ६ सय ६ जना खरिदारमध्ये सङ्घमा तीन हजार एक सय १४, प्रदेशमा तीन सय ७८ र एक हजार एक सय १४ जनाले स्थानीय तह रोजेका छन्।

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्