Logo
६ चैत्र २०८०, मंगलबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुलबुलको पोस्टरमाथि प्रहरीको नजर, विज्ञापन पोस्टर च्यात्न निर्देशन

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टरमाथि प्रहरी नजर परेको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको छ ।

कानुनः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको छ ।

परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्