Logo
१२ बैशाख २०८१, बुधबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीमाशुल्क ५४ प्रतिशतले बढ्दा नाफा ०.८५ प्रतिशतले घट्यो, पुराना भन्दा नयाँ बीमा कम्पनीहरु निराशमा

काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बीमा कम्पनीहरुले जारी गरेको वित्तीय विवरण भने निराशजनक देखिएको छ । दोस्रो त्रैमासमा राम्रो रिपोर्टका अपेक्षा गरिएपनि बीमा कम्पनीहरुले सबैलाई खुसी भन्दा पनि निरास बनाएका छन् । यो अवधिमा हाल सञ्चालनमा रहेको १७ वटा बीमा कम्पनीहरुको समग्र नाफा घटेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बीमा कम्पनीहरुको नाफा ०.८५ प्रतिशतले घटेको छ । समग्र बीमा कम्पनीहरुको नाफा घटनमा पुराना भन्दा नयाँ बीमा कम्पनीहरु बढी देखिएको छन् । बीमा कम्पनीको गतवर्षको समेत एच्चुरी मूल्यांकन भएको छैन । एक्चुरीपछि मात्र बीमा कम्पनीको नाफाको वास्तविक अवस्था पत्ता लाग्छ । चालु आवको पहिलो त्रैमासमा सबै भन्दा बढी नाफा कमाउने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

नेपाल लाइफले २८ करोड छ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिमा २७ करोड ९७ लाख ८० हजार रुपैयाँ रहेको थियो । नेपाल लाइफ पछि बढी नाफा कमाउने जीवन बीमा कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनलले १७ करोड ११ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । पुराना जीवन बीमा कम्पनीहरुमा प्राइम लाइफ इन्स्योरेन्सको नाफा घटेको छ भने बाँकीको नाफा बढेको छ ।

गत आवको सोहि अवधिमा ११ करोड ५१ लाख ९३ हजार नाफा आर्जन गरेको नेशनलले चालु आवको सोहि अवधिमा ९ करोड ५ लाख २६ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । वित्तीय विवरण प्रकाशित गरेका १८ वटा कम्पनीमा ८ वटाकोको नाफा घटेको रिपोर्टले देखाएको छ । यो अवधिमा सबै भन्दा कम नाफा आर्जन गर्ने जीवन बीमा कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । यसको नाफा २ करोड ४१ लाख ५४ हजार रुपैयाँ रहेको छ । यो नाफा पनि गत आवको भन्दा निकै कम हो । गत आवको सोहि अवधिमा ६ करोड ५४ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नाफामा सुधार आउन नसकेपनि बीमा शुल्क आर्जन भने निकै बढेको छ । जीवन बीमा कम्पनीहरुको रिपोर्ट अनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा बीमा शुल्क ५४ प्रतिशतले बढेको छ । यो अवधिमा सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने बीमा कम्पनीमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले १० अर्ब ४७ करोड ५४ लाख ७६ हजार रुपैयाँ रहेको देखिएको छ । यो अवधिमा सबै भन्दा न्यून चाँही प्रभु लाइफ इन्स्योरेन्सको १४ करोड ८७ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्