Logo
६ चैत्र २०८०, मंगलबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै पारिश्रमिकबाट पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने कांग्रेस सांसदको घोषणा

काठमाडौं : सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

सांसद सिंहले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गीतमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनले गरेको विरोधप्रति लक्षित गर्दै सांसद सिंहले पुरस्कार घोषणा गरेका हुन् ।

‘त्यस्ता जनबोली गाउने गायकलाई म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहुन्छु’ उनले भने । दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि आरोप लगाए ।

सिंहले भने ‘दुईतिहाई सरकारका अगाडि त्यस्तो गीत गाउन पाइन्छ, जनताको भावना व्यक्त गर्न पाइन्छ ?, त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ, सुन्नेलाई कानमा मर्करी या सीसा पगालेर राख्नुपर्छ सरकारको यस्तो बुझाइले लोकतन्त्र कहाँ हो ?’ उनले सरकारले वुद्धिजीवि र कलाकारको भावनालाई सम्मान गर्न सक्नुपर्ने पनि बताए ।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्