Logo
६ बैशाख २०८१, बिहीबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डीपीएलमा आज पनि दुई खेल : धनगढीको अन्तिम, विराटनगरलाई जित्नै पर्ने बाध्यता

धनगढी– धनगढी प्रिमियर लिगमा सोमबार दुई खेल हुँदैछन् । धनगढी स्थित फाप्ला मैदानमा खेल हुने छ । जसमा घरेलु टिम धनगढी स्टार्स र रुपन्देही च्यालेञ्जर्स तथा सिवाइसी अत्तरीया र विराटनगर किंग्स विच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल नौ बजे शुरु हुनेछ । प्रतियोगितामा शिर्ष चारको होडबाट बाहिरीसकेको धनगढीका लागि आजको खेल अन्तिम खेल हुनेछ । दुई पटकको च्याम्पियन धनगढीले लगातार तीन खेलमा पराजित भएको थियो ।

यता चार खेलमा दुईमा जित र दुईमा हार वेहोरेको रुपन्देहीको पनि लिग चरणको अन्तिम खेल हुनेछ । उसले आजको खेलमा जित निकाल्न नसकेमा उसको शिर्ष चारको यात्रा अरुको खेलमा भर पर्ने छ ।

आज नै सिवाइसी अत्तरीया र विराटनगर किंग्स विच प्रतिस्पर्धा हुँदैछ । यो खेल विराटनगरका लागि गर या मरको अवस्थामा छ । चार खेलमा एकमा जित र एक हार बेहोरेको विराटनगरको दुई खेल बर्षाले विथोलिएको थियो । जसका कारण उसलाई अब प्लेअफमा पुग्न अन्तिम खेल जित्नै पर्ने छ । यदि विराटनगर जितेको खण्डमा महेन्द्रनगर प्रतियोगिताबाट बाहिर हुनेछ ।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्