Logo
८ बैशाख २०८१, शनिबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुलवामा रोकिएन आक्रमण, फेरि मारिए मेजरसिहत सेनाका चार जवान

काठमाडौं : भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा चरमपन्थी विद्रोहीको आक्रमणमा परी भारतीय सेनाका चार जवानको मृत्यु भएको छ । सोमबार बिहान भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । घटनामा सेनाका केही जवान घाइते छन् ।

मारिनेमा सेनाका मेजरसमेत सामेल रहेकाे आजतकले जनाएकाे छ । सेनाले प्रतिरक्षाका लागि कारबाही जारी राखेको छ । प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अप्रेशन शुरु गरेका छन् ।

सो इलाकामा चरमपन्थी लुकेको सूचनाको आधारमा सेनाले अप्रेशन शुरु गरेको थियो । सेनाको अप्रेशन जारी रहेकै बेला चरमपन्थीहरुले आक्रमण गर्दा सेनाका जवानको मृत्यु भएको हो । त्यहाँ गालाबारी जारी रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्