Logo
१३ बैशाख २०८१, बिहीबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो भविष्य सुरक्षित गर्न विवादास्पद साउदी युवराजलाई पाकिस्तानको रेड कार्पेट

दुईदिने भ्रमणका लागि पाकिस्तान आएका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलर बराबरको सम्झौताको घोषणा गरेका छन् । सम्झौतामा ग्वादर नजिक एक तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलर लगानी पनि सामेल छ । सम्झौताको घोषणा गरेपछि साउदी राजकुमारले पाकिस्तानको भविष्य उज्ज्वल रहेको बताए ।

‘गत वर्ष पाकिस्तानले पाँच प्रतिशतको दरले आर्थिक प्रगति गर्‍यो । अहिलेको नेतृत्वमा पाकिस्तानको सुनौलो भविष्य छ,’ उनले भने, त्यसैले मैले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरें जुन पाकिस्तानमा साउदीको लगानीको पहिलो कदम हो ।’

वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि एउटा भब्य स्वागत गरेका छन् । र, यस्ले यो पनि सजिलै देख्न सकिन्छ की प्रधानमन्त्री इमरान खान किन पैसा चाहन्छन् र त्यो पनि छिट्टै ।

बिबिसमा उल्लेख एक रिर्पोटका अनुसार एमबीएस भनेर चिनिने मोहम्मद बिन सलमान अर्बौंको बाचा गर्दै पाकिस्तानमा आएका छन् । तर पैसा केवल सम्बन्धको एउटा पक्षमात्रै हो जुन गहिरो रुपमा अगाडि बढ्छ । एसियाका पाँच देशको भ्रमणमध्ये पाकिस्तान पहिलो गन्तव्य ठानिएको थियो तर मलेशिया र इण्डोनेशियाको भ्रमण अहिलेका लागि पछि धकेलिएको छ ।

उनको चीन र भारतको भ्रमण गर्ने तालिका अझै जारी छ जसलाई विवादास्पद युवराजले आफ्नो पक्षमा समर्थन जुटाउनकै लागि गर्न लागेको रुपमा हेरिएको छ ।

भ्रमण कति भव्य ?
साउदी शाही भ्रमणलाई पाकिस्तानमा पछिल्लोपटक यति नै धुमधामसँग सन् २००६ मा लिइएको थियो जब साउदी शासक राजा अब्दुल्लाह बिन अब्दुलाजिजले परमाणु अस्त्र देशको भ्रमण गरेका थिए । र, यसपटक सुरक्षालाई पनि निकै गम्भीर रुपमा लिइएको छ । इमरान खानले व्यक्तिगत रुपमै व्यवस्थापनको ख्याल गरिरहेको बताएका छन् ।

भारतले कश्मिरमा सुरक्षा फौजमाथिको घातक हमलामा पाकिस्तानलाई दोष लगाएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएका बेला युवराज बिन सलमानको भ्रमण हुन लागेको छ । जेएफ-१७ थन्डर लडाकु विमानले युवराजको आइतवार पाकिस्तानी हवाइक्षेत्रमा प्रवेश गरेसँगै गस्तीसमेत गरिरहेको छ ।

पाकिस्तान किन पैसाका लागि यति आतुर छ ? केन्द्रिय बैंकसँग विदेशी मुद्रा सञ्चय अन्तर्गत जम्मा ८ अर्ब डलर मात्रै रहेको छ र भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको छ । गत अगष्टमा शपथ लिएयता पूर्व क्रिकेटर इमरान खानले मित्र राष्ट्रहरूसँग सहयोगका लागि आक्रामक प्रयासहरू गरिरहेका छन् ताकि पाकिस्तानको अर्थतन्त्रलाई जोगाउन सकियोस् ।

उनले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग निकै कडा सर्तसहित सहायता खोजिरहेका छन् । सन् १९८० को उत्तरार्द्ध यता पाकिस्तानले आर्थिक सहायता खोजेको यो १३ औं पटक हो । आबुदावीका युवराज मोहम्मद विन जायद अल नयानको भ्रमण लगत्तै युवराज मोहम्मद बिन सलमानको भ्रमण हुन लागेको हो ।

कारमा बसालेर प्रधानमन्त्री निवास

साउदी राजकुमारलाई स्वागत गर्न पाकिस्तानका प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद बावजा एयरपोर्ट गएका थिए । इमरान खानले साउदी राजकुमारलाई आफ्नो कारमा बसालेर प्रधानमन्त्री निवासमा लगेका थिए । कार प्रधानमन्त्री इमरान खान आफैंले चलाएका थिए ।

साउदी राजकुमारको सम्मानमा प्रधानमन्त्री निवासमा विशेष भोजनको आयोजना गरिएको थियो । त्यसक्रममा प्रधानमन्त्री इमरान खानले साउदी अरबमा हज गर्न जाने क्रममा पाकिस्तानी नागरिकले भोग्नु परेको कठिनाइ र साउदी अरबमा काम गर्ने पाकिस्तानका मजदुरका समस्याबारे छलफल गरेका थिए ।

इमरान खानका अनुसार २५ लाख पाकिस्तानी नागरिक साउदी अरबमा काम गर्दछन् । यी मजदुरहरु आफ्नो घरपरिवारलाई छाडेर श्रम गर्दछन् र लामो समयसम्म परिवारका सदस्यबाट टाढा हुन्छन् । इमरान खानले भने-‘यी मजदुरहरु मेरो मनमा छन् । मजदुरी गर्नेहरुसँग धेरै प्रकारका समस्याहरु हुन्छन् । त्यसैले साउदी राजकुमारले उनीहरुका समस्याको ख्याल गर्नुहोला ।’

त्यसक्रममा साउदी राजकुमारले भने, -‘पाकिस्तानले उनीहरुलाई साउदी अरबमा पाकिस्तानका प्रतिनिधि ठाने हुन्छ र सबै समस्या समाधानका लागि मिलेर काम गरौंला ।’

यसअघि आइतबार साँझ अबेर पाकिस्तान आएका साउदी राजकुमारको भव्य स्वागत गरिएको थियो । साउदी राजकुमारको विमान पाकिस्तानको आकासमा आएलगत्तै लडाकु विमानहरुले स्कर्टिङ गरेका थिए । साउदी राजकुमारको विमानको दायाँ-बायाँ र अगाडि-पछाडि उड्दै पाकिस्तानी लडाकु विमानहरुले रावलपिन्डीको नूर खान विमानस्थलमा अवतरण गराएका थिए ।

त्यसपछि सर्वोच्च समन्वय परिषदको पहिलो बैठक बसेको थियो, जसको अध्यक्षता साउदी राजकुमार मोहम्मद बिन सलमान र प्रधानमन्त्री इमरान खानले गरे । साउदी राजकुमारले नै यस उच्चस्तरीय परिषद स्थापना गर्ने प्रस्ताव राखेका थिए । परिषदमा पाकिस्तान र साउदी अरबका रक्षामन्त्री र विदेशमन्त्री छन् ।

साउदी राजकुमार पाकिस्तान आउनु अगाडि नै साउदी विदेशमन्त्री आदिल अल जुबेर रावलपिन्डी आएका थिए जहाँ पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले उनलाई स्वागत गरेका थिए । साउदी राजकुमारले सोमबार पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवासँग पनि भेटवार्ता गर्नेछन् ।

पाकिस्तानी जनताले साउदी राजकुमारको भ्रमणलाई ऐतिहासिक मानेका छन् र उनीहरुले साउदी अरबबाट आर्थिक सहयोग पाउने आशा पनि राखेका छन् । मोहम्मद बिन सलमान सन् २०१७ अप्रिल महिनामा साउदी अरबको राजकुमार बनेका थिए । राजकुमार बनेपछि उनको यो पहिलो पाकिस्तान भ्रमण हो ।

भ्रमणको क्रममा अर्बौं डलरको व्यापारिक र गैरव्यापारिक सम्झौता हुने अनुमान छ । पाकिस्तान हाल गम्भीर आर्थिक समस्यासँग जुधिरहेको छ । त्यसैले उसले निकटतम सहयोगी देशहरुसँग सहयोग मागिरहेको छ । पाकिस्तान र साउदी अरबबीच सैन्य सम्बन्ध निकै मजबुत मानिन्छ । राजकुमारको भ्रमणको क्रममा साउदी अरबले पाकिस्तानलाई सहयोगका लागि पक्कै पनि केही गर्ने अनुमान छ ।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्