Logo
१५ चैत्र २०८०, बिहीबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह : ढुक्क भएर लगानी गर्नोस्, नाफा कमाउनोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्ताहरुलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । नेपालमा लगानी सुरक्षित हुने र नाफा पनि कमाउन सकिने प्रधानमन्त्री ओलीले आश्वस्त पारको छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ को आइतबार राजधानीमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विदेशी लगानीका लागि वातावरण राम्रो रहेको बताए । ‘तपाईंहरुको लगानीको सुरक्षा सरकारले गर्छ,’ प्रधानमन्त्रीले भने, ‘लगानीबाट तपाईंहरुले नाफा आर्जन गर्न पनि सक्नुहुन्छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशीलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने बताए । उनले भने- ‘सरकार विकासको दुरदुष्टिमा कुनै दोधारोमा छैन, हामी नतिजामुखी विकासको काममा प्रतिवद्ध छौं ।’

प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्बर भूमि भएको बताए । उनले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभई नेपाललाई विश्वसँग जोडिने अवसर पनि प्राप्त हुने बताए ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्