Logo
१३ बैशाख २०८१, बिहीबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारबारे काँग्रेसको टिप्पणी : कार्यभार सम्हालेको एक वर्षमै जनविश्वास गुमायो

काठमाडौं : यही फागुन ३ गते ओली नेतृत्वको सरकारको कार्यकाल १ वर्ष पुगेको सन्दर्भमा काँग्रेसले सरकार माथि टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको एक वर्षमै जनविश्वास गुमाएको काँग्रेसको आरोप छ ।

काँग्रेसले एक वर्षको अवधिमा जनताले चाहेजस्तो परिवर्तनको अनुभूति सरकारले दिन नसकेको टिप्पणी गरेको हो । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जगनै बालुवाको हालेको भन्दै त्यस्तो जगबाट बलियो घरको कल्पना नै नगर्न नसकिने बताए ।

फागुन २ गतेको सम्बोधनमा प्रधानमन्त्री ओलीले जग खन्न नपाई छानाको अपेक्षा गर्न नसकिने भन्दै सरकारले क्रमिक रुपमा काम गरिरहेको भन्दै धैर्य गर्न प्रतिपक्षी दल काँग्रेसलाई आग्रह गरेका थिए ।

ओलीले काँग्रेसले आफू नेतृत्वको सरकारबारे अनेक गलत प्रचार गराइरहेको आशयसहित यस्तो जवाफ दिएका थिए । जवाफका काँग्रेसले छानाको अपेक्षा भन्दा पनि जग नै कमजोर भएको प्रतिक्रिया दिएको हो । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति जनविश्वास बढ्दै जानुमा ५ कारण प्रस्तुत गरे ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्