Logo
१२ बैशाख २०८१, बुधबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कंगना रणावतले आफ्नै बायोपिक निर्माण गर्ने

एजेन्सी : बलिउड अभिनेत्री कंगना रणावतले आफ्नै बायोपिक निर्माण गर्ने भएकी छिन् । केही न केही विवादमा आइरहने कंगनाले आफ्नो बायोपिक निर्माण गर्ने भएकी हुन् । कहिले ऋतिक रोशनसँगको सम्बन्धका कारण चर्चामा आएकी उनी कहिले करन जोहरसँग पनि विवादमा परिन् ।

उनले बनाउने फिल्ममा ऋतिक र करनको पात्र पनि राख्ने बताइएको छ । मनिकर्निका फिल्मबाट चर्चाको शिखरमा रहेकी यी अभिनेत्रीले गरेको यो घोषणाले बलिउडमा ठुलै हलचल ल्याउने सम्भावना छ । यसबारे ऋतिक, करनले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्