Logo
४ बैशाख २०८१, मंगलबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोबेल शान्ति पुरस्कारको लागि आफु मनोनयनमा परेको ट्रम्पको दाबी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आवेले आफूलाई नोवेल शान्ति पुरस्कारको लागि मनोनयन गरेको दावी गरेका छन् । उत्तर कोरियासँग संवाद शुरु गरेकोमा आवेले आफूलाई मनोनयन गराएको उनले जानकारी दिए । दक्षिणी सिमानामा प्रस्तावित पर्खालबारे छलफल गर्न ह्वाइट हाउसमा बोलिएको एक कार्यक्रममा ट्रम्पले उक्त कुरा बताएका हुन् ।

शुरुमा एक अर्काविरुद्ध आणविक हतियार कसको ठूलो भनेर परे ‘आगो बर्साइदिने’ धम्की दिएका दुई नेताबीच अघिल्लो वर्ष भएको पहिलो वैठकपछि भने राम्रो सम्बन्ध कायम भएको छ । उनले भने, ‘सिन्जो आबेले मलाई एकदमै सुन्दर एक चिठ्ठीको प्रति पठाउनु भएको छ । सो पत्र उहाँले नोबेल पुरस्कार भनिने कुरा दिने महानुभावहरुलाई पठाउनु भएछ ।’

‘आवेले ‘मैले जापानको तर्फबाट सम्मानस्वरुप तपाइँलाई मनोनयन गरेको छु । मैले उनीहरु (नोवेल कमिटी) लाई तपाई नोवेल शान्ति पुरस्कारका लागि योग्य हुनुहुन्छ भनेको छु’ भने’, ट्रम्पले सोबारेमा थप बताउने क्रममा बताए । रिपोर्ट अनुसार दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले पनि उक्त पुरस्कारको लागि ट्रम्पलाई समर्थन गरेका छन् । मूनले उत्तर कोरियासँगको सम्वाद शुरु गर्ने श्रेय ट्रम्पलाई दिएका छन् ।

पछिल्लो पटक अमेरिकी राष्ट्रपतिले सन् २००९ मा नोवेल शान्ती पुरस्कार पाएका थिए । तत्कालिन राष्ट्रपति वाराक ओबामाले ‘आणविक हतियारहरु रहित विश्व शान्ती तथा सुरक्षा खोज्न’ अमेरिकी प्रतिवद्धता गरेबापत नोवेल पुरस्कार पाएका थिए । ‘सम्भवतः मैले कहिले पनि त्यो पाउदिन, तर ठीकै छ,’ ट्रम्पले भने । ‘उनीहरु(नोवेल कमिटी)ले ओवामालाई पुरस्कार त दिए तर उनी आफैले पुरस्कार केको लागि दिएको थाहा पाएनन् ।’

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्