Logo
७ बैशाख २०८१, शुक्रबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस सांसदद्वारा पुन:सुनुवाइ समिति बहिस्कार, पौडेल र सुवेदीको सुनुवाइ फागुन ७ मा गर्ने तयारी

काठमाडौं : आज (आइतबार) पनि संसदीय सुुनुवाई समितिको बैठक नेपाली कांग्रेसले बहिस्कार गरेको छ । संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक कांग्रेस सांसदहरुले बहिस्कार गरेका हुन् ।

१५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४ जना सांसद छन् । कांग्रेसले संवैधानिक परिषदले प्रक्रिया नपुर्‍याई विभिन्न पाँच स‌ंवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको थियो ।

कांग्रेसको बहिस्कारका बाबजुद आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ ।

सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले कांग्रेस सांसदहरु आफूलाई जानकारी नगराई अनुपस्थित भएको बताए । उनले फागुन ७ गतेको बैठकमा उनीहरुले बहिस्कार गरे पनि बहुमतले निर्णय गर्ने जानकारी दिए ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्