Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालयविरुद्ध सत्तारुढ विद्यार्थीको आक्रोस, भोलि उपकुलपतिको कार्यालय घेर्ने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयविरुद्ध निर्वाचनको घोषणा गरेपनि कार्यतालिका घोषणा नगरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मिति घोषणा गरेर निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै अखिल र अखिल (क्रान्तिकारी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

अखिल र क्रान्तिकारीका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङले विज्ञप्ति प्रकाशित गरी भोलि (सोमबार) ११ बजे उपकुलपतिको कार्यालय घेराउ गर्ने बताएका छन् । यस्तै, विज्ञप्तिमा मंगलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्