Logo
८ बैशाख २०८१, शनिबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिवम् सिमेन्टको आइपिओ खुल्यो, ६ देखि ९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं : शिवम् सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री सुरु गर्दै छ । प्रतिकित्ता ३०० रुपैयाँका दरले ४१ लाख २० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । उक्त सेयरमा ६ देखि ९ गतेसम्म आवेदन दिन सकिने छ । यो अवधिमा सबै सेयर नबिके चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

सुरु देखि नै चर्चामा रहेको यो सेयरमा आवेदन दिने वा नदिने भन्नेमा लगानीकर्ताहरुले निकै अन्योलमा रहेका छन् । पहिला यसको मूल्य बढी भएको, स्थानीयले पनि दिएजति सबैमा आवेदन नदिएकाले चर्चामा रहेको सेयर अहिले न्यूनतम ५० देखि अधिकतम सबैमा आवेदन दिन सक्ने व्यवस्थाले झनै चर्चामा आउने देखिएको छ । शिवम्ले सूचना जारी गर्दै सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतमसम्म आवेदन दिन सक्ने जनाएको छ । सर्वसाधारणका खुला भएको ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्तामा कम्पनीका कर्मचारीले आवेदन दिन सक्ने भएका छन् ।

यसअघि प्रतिकित्ता एक सय रुपैयाँ फ्रेस भ्यालुमा तीन सय रुपैयाँ प्रिमीयमसहित चार सय रुपैयाँमा सर्वसाधारणलाई सेयर बिक्री गर्ने भने पनि उक्त मूल्यमा सेयर बिक्री गर्न नसक्ने भन्दै एनआइबिएल एस क्यापिटलले सेयर अण्डरराइडर जारी गर्न मानेको थिएन । अहिले एक सय रुपैयाँ प्रिमीयम घटाएर तीन सय रुपैयाँमा सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

यसअघि आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता तीन सय रुपैयाँमा आइपिओ किनेका थिए । स्थानीयलाई तीन सय रुपैयाँका दरले ८ लाख ८० हजार कित्ता साधारण सेयर खुला गरिएको थियो । जसमा स्थानीयले २ लाख २४० कित्ता सेयर मात्र किनेका थिए । अहिले पनि आयोजना प्रभावितले प्रति कित्ता २ सय रुपैयाँका दरले पाँच लाख ७९ हजार ६८० कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।

आवेदन दिन चाहनेले सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत तथा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन् । यसमा आवेदन खुला गरेको पहिलो देखि नै संगठित संस्थाले पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्