Logo
६ बैशाख २०८१, बिहीबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै क्षेत्रमा एकाधिकार तोडिनेछ, ब्याजदरमा बैंकहरु लचिलो होेस् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सबै क्षेत्रको एकाधिकार तोड्ने र खुला प्रतिष्पर्धाको वातावरण बनाउने सरकारले नयाँ योजना बनाइहेको बताएका छन् । सरकार उद्योगी व्यावसायीका समस्या समाधान गर्न सधै सकारात्मक समेत रहेको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ ।

उनले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह समेत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुलाई शनिवार बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।  प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक, रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिएका छन् ।

“लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस ” प्रधानमन्त्री ओलीले भने “सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहेस र सबभन्दा कम ब्याज उठाउनुहोस । बिलासिताका वश्तुमा लगानी कम गर्नुहोस । ब्याज बढी गर्नुहोस ।”

महासंघको टोलीले बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा आयोजना गरेको महासंघले प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो ।

प्रधानमन्त्ती ओलीले व्यावसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिए । “बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउदै लैजाने कुरा उपयुक्त हुदैन । यसमा सरकारले नियमन गर्छ” प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्