Logo
१५ चैत्र २०८०, बिहीबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहाडी भेगका पातला बस्तीलाई स्थानान्तरण गरि एककिृत बस्ती बनाउने सरकारी योजना : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडी भेगका पातला बस्तीलाई स्थानान्तरण गरि एककिृत बस्ती बनाउने सरकारी योजना बनिरहेको बताएका छन् । “पातला बस्तीमा भौतिक सुविधा पु¥याउन सकिँदैन ।”

उनले भने-“त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एककिृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई उपलब्ध गराइनेछ ।”

प्रधानमन्त्री ओलीले भने -“अब कर्णालीको परिचय बदलिनेछ, कर्णाली सुगम हुनेछ ।” उनले विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सरकारले सुगम बनाउने बताए ।

डोल्पो समाजले शनिवार आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छु देखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए ।

“डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ” प्रधानमन्त्री ओलीले भने ।  प्रधानमन्त्री ओलीले कर्णाली समेत देशकै पुरै पहाडी भेगमा रहेका पातलो बसोबासलाई एककिृत बस्तीको रुपमा विकास गरिने बताए ।

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्