Logo
७ बैशाख २०८१, शुक्रबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र ब्याजदरमा लचिलो हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं : शनिबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा प्रतिनिधीहरुले चर्को ब्याजदरका कारण निजी क्षेत्रलाई परेका समस्या र समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताएका थिए । उक्त क्रममा प्रधानमन्त्री ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले बैंकहरुलाई उत्पादनमुलक तथा रोजगारी सृजना गर्ने उद्योगहरुमा लगानी गर्न सुझाव दिएका हुन् । ‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्ता क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस्’ उनले भनेका छन्, ‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुस् र सबैभन्दा कम ब्याज उठाउनुहोस् ।’

उनले बिलासिताका वस्तुहरुमा कम लगानी गर्न र त्यसमा पनि बढी ब्याज लिन बैंकहरुलाई सुझाएका छन् । प्रधानमन्त्री ओलीले व्यावसायीको गुनासोबारे बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन समेत दिए । ‘बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउँदै लैजाने उपयुक्त हुँदैन । यसमा सरकारले नियमन गर्छ’ उनले भनेका छन् ।

सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने खुला प्रतिष्पर्धाको वातावरण बनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्