Logo
१३ बैशाख २०८१, बिहीबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजमा घृणित कार्य : अर्घाखाँचीमा आफ्नै हजुरबुवाबाट ५ वर्षीया नातिनी बलात्कृत

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा ११ अमिलेमा शुक्रबार आफ्नै हजुरवुबाबाट पाँच बर्षकी नातिनी बलात्कृत भएकी छिन् । सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ बर्षीय भिमे कामीले आफ्नै पाँच बर्षीय नातिनीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए ।

जबरजस्ती करणीको बारेमा आमालाई वालिकाले बताएपछि आमाले प्रहरीलाई जानकारी दिएकी थिइन् । जानकारी पाउना साथ तत्काल प्रहरी अधिकृतसहितको टोली उक्त स्थानमा गई हजुरबुबालाइ पक्राउ गरेको हो । भिमे कामीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

त्यस्तै विहीबार अर्घाखाँचीको भूमिकास्थान-१ साम्नेगाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका-२ सिउतेका ६८ वर्षीय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको हो ।

विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिइ प्युठान प्रहरीलाई बुझाएको छ । चाउचाउ खाने पैसा दिएर ललाइफकाई बालिकालाई बलात्कार गरेको पीडितले बताएकी छन् । बालिका गत पुसदेखि नै बृद्धबाट बलात्कारको सिकार हुँदै आएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीमा बलात्कारका घटनाहरु बढिरहेका छन् । आर्थिक बर्ष २०७१/७२ मा जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका मुद्धा ५ मात्र रहेका थिए । त्यो संख्या गएको आर्थिक बर्ष अर्थात २०७५/७६ मा १८ पुगेको छ । जस्मा जवरजस्ती करणीका १५ र जवरजस्ती करणी उद्योगका ३ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलयले बताएको छ ।

अहिलेको बर्ष भने साउनदेखि यता ७ वटा मुद्धा दर्ता भएका छन् । जसमा जवरजस्ती करणीका ६ र जवरजस्ती करणी उद्योगको १ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक खिमबहादुर घमले बताए ।

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्