Logo
६ बैशाख २०८१, बिहीबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत-पाकिस्तानको सम्बन्धमा थप दरार : भारतीय उच्चायोगका उच्चायुक्तलाई थमायो विरोधपत्र

भारत प्रशासित जम्मू-कश्मीरको पलुवामा जिल्लामा सुरक्षकर्मीको गाडीमा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्धमा थप दरार आएको छ ।

जम्मू-कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर-जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो ।  सिआरपिएफका ४६ जवानको निधन हुने गरी भएको भएको आक्रमणमा भारतले पाकिस्तानको संलग्नता रहेको बताएको छ ।

भारतले पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशनको दर्जा फिर्ता लिएको छ । पाकिस्तानले प्रतिक्रिया स्वरुप इसलामाबादमा स्थित भारतीय उच्चायोगका कार्यकारी उप-उच्चायुक्त गौरव अहलूवालियालाई तत्काल हाजिर हुन भन्यो ।

रेडियो पाकिस्तानका अनुसार पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार अहलूवालियालाई बोलाएर पलुवामा आक्रमणलाई लिएर भारतले पाकिस्तानमाथि आधारहिन आरोप लगाएको बतायो ।

पाकिस्तानको विदेश मन्त्रालयले अहलूवालियालाई विरोध पत्र थमाएको छ र भारतले लगाएका सबै आरोपको सीधा खण्डन गरेको छ ।

http://45.77.46.207/2019/02/78294/

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्