Logo
१३ बैशाख २०८१, बिहीबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपहरणको नाटक गरेर अभिभावकसंग पैसा ठग्ने जनकपुरका ३ युवक पक्राउ

जनकपुरधाम : आफ्नै अपहरण भएको झुठो नाटक रचेर अभिभावकसँग पैसा ठग्न खोज्ने तीन जना पक्राउ परेका छन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१७ बेलौनी बस्ने २२ वर्षिय अजय कुमार साहले साथीसँग मिलेर अपहरणको झुटो नाटक रची अभिभावकसँग ५ लाख रुपैयाँ ठग्ने कोशिश गरेपछि पक्राउ परेको हो ।

पक्राउ पर्नेहरुमा अपहरणको नाटकमा संलग्न जनकपुरधाम उपमहानगरपालिका-२३ का समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका वडा नम्बर–८ का अरविन्द यादव रहेका छन । साथीको जन्मदिन पार्टीमा गएको अजय कुमार साहलाई अरविन्द कुमार यादवले फोन गरि अपहरण भएको र मुक्त गर्नका लागि १५ लाखको व्यवस्था गर्नु भनेर अजय साहको अभिभावकलाई फोन गरेपछि साहका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।

पछि गएर ५ लाख रुपैयाँ फिरौती दिने सहमती पश्चात बर्दिबासमा पैसा लिन आएपछि प्रहरीले पक्राउ गरि सोधखोज गर्दा अपहरणको घटनाको मुख्य योजनाकार उनकै छोरा रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।अपहरणको नाटक गरेर तिनै जना काठमाण्डौमा लुकेर बसेको र फिरौतीको सहमती पश्चात पैसा लिन जनकपुरधाम आएपछि पक्राउ गर्न सफल भएको धनुषा प्रहरीले बताएको छ ।

अपहरणको मुख्य योजनाकार साहले मोटरसाईकल किनेर भारतको गोवा घुम्न जाने योजनाका साथ अपहरणको नाटक रचेको छानवीनमा खुल्न आएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जना माथि सार्वजनिक हित सम्वन्धि मुद्दा लगाएर छानवीन प्रक्रिया अगाडी बढाईएको जनाइएको छ ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्