Logo
१२ बैशाख २०८१, बुधबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकाको १४ स्थानमा ग्याँसको सम्भाव्यता, तिनकुनेमा हुने भयो ग्याँस उत्खनन् प्रक्रिया सुरु

काठमाडौं : सरकारले काठमाडौंको तिनकुनेमा ग्याँस उत्खनन् गर्ने प्रक्रिया सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सो ठाउँमा ग्याँस उत्खनन्का लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जग्गा प्राप्तीको कामलाई अघि बढाइएको जानकारी दिएका हुन् ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाको विभिन्न १४ स्थानमा ग्याँसको सम्भाव्यता खानी तथा भू-गर्भ विभाग र जाईकाको सहयोगमा अध्ययन गरेपछि सरकारले तिनकुनेबाट भने त्यसको उत्खनन् कार्यलाई अघि बढाउन लागिएको बताए ।

मन्त्री यादवले नवलपरासीको धावदी क्षेत्रमा फलाम खानी रहेको पुष्टि भएको उल्लेख गर्दै सो फलाम खानी उत्खनन्को काम पनि सुरु गर्ने योजना अघि सारे । सो क्षेत्रबाट पठाइएको नमूना चीन सरकारले परीक्षण गरेपछि त्यहाँ फलाम खानी रहेको पुष्टि भएको मन्त्री यादवको भनाई छ ।

त्यसको विस्तृत विवरण चीनबाट आउन साथ सो क्षेत्रमा फलाम खानी सञ्चालनमा ल्याउने सरकारको योजना छ । मन्त्री यादवले सो क्षेत्रमा एक मिलियन टन फलाम रहेको पाइएको पनि राष्ट्रियसभालाई जानकारी गराए ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्