Logo
६ बैशाख २०८१, बिहीबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सल्यानका किसान आधुनिक प्रविधिप्रति आकर्षित, मनग्य आम्दानी गर्न सफल

सल्यान : जिल्लाका किसान प्लाष्टिक घरमा तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन्। तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोगबाट व्यवसायिक खेती गर्नका लागि निकै सहज हुने भए पछि कृषक प्लाष्टिक घरभित्र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

खुला आकाशमा तरकारी खेती गर्दा रोग किराले आक्रमण गर्ने हुँदा बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक घर निकै उपयोगी मानिन्छ । खुला आकाशमा लगाएको तरकारी भन्दा प्लाष्टिक घरमा लगाएको तरकारीको उत्पादन धेरै हुनुका साथै आर्कषक पनि हुने भएकाले प्लाष्टिक घरमा किसानहरुको आकर्षण बढेको कृषि ज्ञान केन्द्र पश्चिम रुकुमका प्रमुख अमरराज शर्मा घिमिरेले बताए ।

बाह्रै महिना तरकारी उत्पादन गर्न हावापानी तथा वातावरणीय तापक्रम अनुकूल बनाउनका लागि प्लाष्टिक घर निकै उपयोगी रहेको छ । उनले भने, ‘प्लाष्टिक घरभित्र वर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिन्छ। ’ जिल्लाभर झन्डै तीन हजार भन्दा बढी प्लाष्टिक घरबाट मौसमी तथा बेमौसमी तरकारी खेती उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।

साविकको जिल्ला कृषि विकास कार्यालयको अनुदान, स्थानीय तहको अनुदान र विभिन्न संघ संस्थाको सहकार्यमा जिल्ला टनेलमय भएको उनले बताए । रोग किराबाट बचाउन, गुणस्तरीय तरकारी उत्पादनमा वृद्धि र लागत घटाउन पनि प्लाष्टिक घर निकै प्रभावकारी भएको शारदा नगरपालिका ६ बरलाका कृषक लोकबहादुर भण्डारीले बताए ।

१० वटा प्लाष्टिक घर निर्माण गरी व्यवसायिक तरकारी खेती गर्दै आइरहेका डाँगीले प्लाष्टिक घरबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । प्लाष्टिक घरबाट सबै खर्च कटाएर वार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्दै आइरहेको उनले बताए खुला आकाशमा लगाएको तरकारी भन्दा प्लाष्टिक घरमा लगाएको तरकारीको उत्पादन पनि दोब्बर हुने उनले बताए ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्