Logo
११ बैशाख २०८१, मंगलबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बच्चा जन्माएपछि बढेको महिलाको तौल शिशुलाई स्तनपान गराएर नै घटिन्छ

बच्चा जन्माएपछि धेरै महिलाको तौल बढ्ने गरेको छ। पर्याप्त खानपान, व्यायाम कमीलगायत कारणले उनीहरूको तौल बढ्ने गरेको पाइन्छ। तर आफ्नो दिनचर्यालाई थोरै सन्तुलनमा ल्याउन सके तौल बढ्नबाट जोगिन सकिन्छ ।

-शिशुलाई नियमित स्तनपान गराउँदा तौल स्वतः घटेर जान्छ। नियमिति स्तनपान गराउँदा शरीरमा तीन सयदेखि पाँच सयसम्म क्यालोरी खर्च हुन्छ।

–नियमित १० देखि १२ गिलास पानी पिउनु आवश्यक हुन्छ। प्रशस्त पानी पिउँदा तौल कम गर्न सहयोग पुग्छ।

-राम्रोसँग निद्रा नपुर्‍याउनु, अनावश्यक तनाव र अव्यवस्थित खानपान आदिका कारण तौल बढेर जान्छ। तसथै सुत्ने समय र सन्तुलित खानपानमा ध्यान दिनुपर्छ।

–सामान्य व्यायाम गरेर पनि तौल घटाउन सकिन्छ।

–योग गर्दासमेत तौल घट्छ। योग गर्दा शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा समेत सहयोग गर्छ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्