Logo
१३ बैशाख २०८१, बिहीबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय चिकित्सा शिक्षा ऐन अहिलेसम्मकै प्रगतिशील

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय चिकित्सा शिक्षा ऐन अहिलेसम्मकै प्रगतिशील भएको बताएका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय चिकित्सा शिक्षाबारे सरकारले बनाएको ऐन अहिलेसम्मकै प्रगतिशील रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले भने, चिकित्सा शिक्षाको व्यवस्था गर्न बनेको र संसदबाट पारित भएको ऐन अहिलेसम्मकै प्रगतिशील हो । यद्यपि यसबारे बहस पनि चलिराखेको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माघ ११ गते प्रतिनिधिसभा र त्यसपछि राष्ट्रियसभाबाट पारित भए हो । उक्त विधेयकको विरोधमा कांग्रेसले संसद अवरोध गरेको थियो ।

यता, सोही विषयलाई लिएर डा. गोविन्द केसी लामो समय अनशनमा बसेका थिए । यसबारे प्रचण्डले यसअघि सार्वजनिक अभिव्यक्ति नदिए पनि आज भने राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अहिलेसम्मकै प्रगतिशील भएको बताएका हुन् ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्