Logo
७ बैशाख २०८१, शुक्रबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेकशील नेपाली : छुट्टै दल दर्ता गर्न थपे ५ केन्द्रीय सदस्य, प्रवक्ताको जिम्मेवारी पाण्डेलाई

काठमाडौं : विवेकशील नेपाली पार्टीले अध्यक्ष उज्ज्वल थापाको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्यमा ५ जनालाई थप गरेको छ । केही दिनअघि मात्र थापाको अध्यक्षतामा बसेको बैठकले ज्योति परियार, रामजी राम, प्रतिभा डंगोल, रजिया वानु र जमुना सुवेदीलाई केन्द्रीय सदस्यमा थप गरेको हो ।

परियार बाँके, राम पर्सा, डंगोल मकवानपुर, वानु काठमाडौं र सुवेदी रुपन्देहीकी हुन् । छुट्टै दल दर्ता गर्न चाहिने न्यूनतम २१ जना केन्द्रीय सदस्य नपुगेपछि केन्द्रीय सदस्य थप गरिएको हो । समावेशितलाई ध्यानमा राख्दै उनीहरुलाई केन्द्रीय सदस्य बनाइएको पार्टीले जनाएको छ ।

यसैबीच, दल दर्ता प्रयोजनका लागि दलका पदाधिकारीका रुपमा अध्यक्षमा उज्ज्वल थापा, उपाध्यक्षमा अजिता राई, महासचिवमा गोविन्द नारायण तिमिल्सिना र कोषाध्यक्षमा सुवुना बस्नेतलाई राख्ने निर्णय भएको छ । बैठकले दलको प्रवक्ताको जिम्मेवारी मिलन पाण्डेलाई दिएको छ ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्