Logo
१३ बैशाख २०८१, बिहीबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढुवा सिफारिसमा नपरेपछि जागिर छोडेका एसपी उप्रेतीको राजीनामा स्वीकृत

काठमाडौँ : गृह मन्त्रालयले गरेको एसएसपी बढुवा सिफारिसमा असन्तुष्टि जनाएका महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्रप्रसाद उप्रेतीको राजीनामा स्वीकृत भएको छ । गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो ।

गत शनिबार एसपीबाट एसएसपीमा बढुवा सिफारिस गर्दा उप्रेती परेका थिएनन् । उप्रेतीले त्यसको भोलिपल्ट प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए ।

‘आज आएर मलाई काम नलाग्ने, गएगुज्रेको अफिसर रहेछु भन्ने महशुस भयो, अनि यत्रो गरिमामय पदमा किन बसिरहुँ भनेर राजीनामा बुझाएको हुँ।

मैले छाडिसकेपछि राम्रो मान्छे आउँछ, संगठनको अहित, सरकारको अहित गरेर बस्नुभन्दा योग्य मान्छेका लागि ठाउँ खाली गरिदिएको हुँ,’ उनले भनेका थिए ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्