Logo
१२ बैशाख २०८१, बुधबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा राष्ट्रिय आपतकाल : कांग्रेसलाई बाइपास गरी मेक्सिकोसँगको सीमामा पर्खाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकालको घोषणा गर्ने भएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प आफूले चुनावी अभियानदेखि प्रतिबद्धता जनाउँदै आएको सीमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट रकम जुटाउनका लागि राष्ट्रिय आपतकाल घोषणा गर्ने भएको जनाएको छ ।

ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सीमा पर्खाल बनाउन चाहन्छन् । अवैध रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्नका लागि पर्खाल अत्यावश्यक रहेको र त्यसका लागि सरकारी कोषबाट रकम विनियोजन हुनु पर्ने ट्रम्पको अडान छ ।

यहि अडानका कारण गएका डिसेम्बरदेखि जनवरीसम्म ३५ दिन संघीय सरकारका आंशिक कार्यालयको काम ठप्प भएको थियो । डेमोक्र्याटिक पार्टी सीमा पर्खालको विपक्षमा छ र त्यसका लागि सरकारी कोषबाट रकम खर्च गर्न नदिने अडानमा छ । संघीय सरकारी कार्यालयको कार्य सञ्चालनका लागि तीन हप्ताका लागि भएको सहमति शुक्रबार सकिँदैछ ।

राष्ट्रपति ट्रम्पले रिपब्लिकन र डेमोक्र्याटिक पार्टीबिच सम्भावित सरकारी कामकाज ठप्प रोक्का लागि भएको सहमति अनुसार सीमा सुरक्षा विधेयकमा हस्ताक्षर गर्दैछन् । जसमा सीमाको सुरक्षा कडा पार्न सहमति भएको छ तर सीमा पर्खालका लागि बजेट छैन । ट्रम्पले विधेयक हस्ताक्षरसँगै सेनाको बजेटबाट सीमा पर्खाल बनाउनका लागि कांग्रेसलाई बाइपास गर्ने सम्बन्धी ऐन पनि ल्याउने ह्वाइट हाउसले वक्तव्यमा उल्लेख गरेको छ ।

ह्वाइट हाउसको यस्तो वक्तव्यपछि डेमोक्र्याटिक पार्टी शीर्ष नेताले ट्रम्पले शक्तिको व्यापक दुरुपयोग गर्न थालेको बताएका छन् । कांग्रेसले बिहीबार पास गरेको विधेयकमा ट्रम्पले भने जस्तो पर्खालका लागि बजेट नभएपछि ह्वाइट हाउस राष्ट्रिय आपतलका लगाउने तयारीमा पुगेको हो ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्