Logo
८ बैशाख २०८१, शनिबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काश्मिर हमला पाकिस्तानले गराएको भारतको आरोप, समकक्षी मोदीलाई ओलीको पनि फोन

बिहिबार भारत स्थित काश्मिरमा ४२ जना भारतीय सुरक्षाकर्मी मारिने गरी भएको आतंकवादी हमलालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् ।

स्थानीय समयानुसार बिहीबार दिउँसो सवा तीन बजे जैस ए मोहम्म आतंकवादी समूहले काश्मिरको पुलवामामा गरेको हमलामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका ४२ जना जवान मारिएको खबर पाएपछि ओलीले मोदीलाई फोन गरेका हुन् ।

मोदीसँगको फोन वार्ताका क्रममा प्रम ओलीले काश्मिरमा आज भएको आतंकवादीको हमलाको निन्दा र भत्र्सना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्रीले मोदीसँगको फोनवार्ताका क्रममा आतंकवादी हमलामा मारिएका जवानहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रम ओलीले आतंककारी कृयाकलपा जुनसुकै रंग, जाति या क्षेत्रको भए पनि त्यो सधैँ निन्दनीय हुने बताउँदै यो संकटको घडीमा आफू र नेपाल भारतको साथमा रहेको बताएका थिए ।

परराष्ट्रको विज्ञप्ति : 

यसैबीच परराष्ट्र मन्त्रालयले बिहीबार राति एक विज्ञप्ति निकाल्दै काश्मिरमा भएको चरमपन्थी हमलाको कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्रले कुनै पनि किसिमको आतंकवादी गतिविधि नेपालका लागि सह्य नहुने जनाएको छ ।

परराष्ट्र मन्त्रालयले काश्मिरमा भएको हमलामा मारिएकाहरू सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सुरक्षाकर्मीको स्वास्थ्य लाभको कामना गरेको छ । परराष्ट्रले यो संकटको घडीमा नेपाल भारतको पक्षमा सदैव रहने पनि उल्लेख गरेको छ ।

उता भारतले भने पाकिस्तानमाथी आरोप लगाउदै आतंकी हमलामा उस्कै हात रहेको स्पष्ट परेको छ । भारतीय  गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानले नै घटना गराएको बताएका हुन् । त्यससैगरी भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ती जारी गर्दै सिधै रुपमा पाकिस्तानमाथी आरोप लगाएका हुन् ।

त्यसैगरी विश्वभरबाट उक्त घटनाको भत्र्सना गरिएको छ । अमेरिका, रुस, फ्रन्स, बंलादेश, भूटान लगायत बिश्वका दर्जनौ देशले उक्त घटनाको विरोध गर्दै भारतको दुखःमा साथ रहेको धारणा ब्यक्त गरेका हुन् ।

हेर्नुस् अन्य देशको प्रतिकृयाहरु : 

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्