Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का सभामुख सरोज यादवमाथी हातपात प्रयास, नेकपामा विवाद

जनकपुरधाम : प्रदेश नम्बर २ को विषयगत सभापति विषयमा नेपाल कम्युनिष्ट पार्टीमा विवाद देखिएको छ । सार्वजनिक लेखा समितिको मनोनयन दर्ता सम्बन्धमा विवाद हुँदा नेकपाका एकजना सांसदले सभामुख सरोज यादवमाथि हातपातको प्रयास गरेका छन ।नेकपा सांसदले मनोनय दर्तामा सभामुख सरोज यादवले राजनीति गरेको भन्दै हातपात गर्न खोज्दा विवाद चर्किएको हो ।

सार्वजनिक लेखा समितिको सभापतिमा नेकपाका सांसद भरत साहले मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्ताको निर्धारित समय भन्दा दश मिनेट अघि कांग्रेसका सांसदले पनि नेकपाकै सांसद शत्रुधन महतोको नाम मनोनयनका लागि दर्ता गराउन आउँदा भरत साहले उक्त मनोनय पत्र च्याते पछि विवाद भएको थियो ।

प्रदेश नं. २ प्रदेश सभाका विषयगत समितिको सभापति निर्वाचनका लागि मनोयन दर्ता भएको छ । सातवटा समितिमध्ये राजनीतिक सहमतिका आधारमा संघीय समाजवादी फोरम नेपालले २, राष्ट्रिय जनता पार्टी नेपालले २, नेपाल कम्युनिस्ट पार्टीले २ र नेपाली कांग्रेसले एउटा समिति पाएका छन् ।

सार्वजनिक लेखा समितिमा नेकपाका भरत साह, अर्थ योजनामा राजपाका मनिष सुमन, विकास समितिमा फोरमका अब्दुल कयुम, महिला, बालबालिका तथा न्याय समितिमा राजपाका जयनुल राइन र प्राकृतिक स्रोत तथा वातावरणमा नेकपाका रामचन्द्र मण्डलको मनोनयन दर्ता भएको छ ।

यसैगरी कृषि तथा भूमि व्यवस्थामा कांग्रेसका वीरेन्द्रप्रसाद सिंह र प्रदेश मामिला समिति सभापतिमा फोरमका अशोककुमार यादवले मनोनयन दर्ता गराएका छन् । शुक्रबार ती समितिको निर्वाचन हुने कार्यतालिका तोकिएको छ ।

प्रकाशित मिति: Feb 14, 2019

प्रतिक्रिया दिनुहोस्