Logo
१५ चैत्र २०८०, बिहीबार
(February 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किम-ट्रम्पको दोस्रो भेट भियतनाममै निश्चित, चीनको अदृश्य भूमिका रहने

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शीर्ष नेता किम जोङ उन फेव्रुअरी २७-२८ भियतनाममा भेट्ने निश्चित भएको छ । यसअघि दुई नेताहरुबीच सन् २०१८ जूनमा सिंगापुरमा भेटघाट भएको थियो । यस्तोमा दुई नेताको भेटघाटको लागि यो पटक कम्युनिष्ट देश भियतनामलाई नै किन रोजियो रु यसको खास कारणहरु छन् । यसमा चीनको अदृश्य रुपमा भए पनि महत्वपूर्ण भूमिका छ ।

जानकारहरुका अनुसार सिंगापुरजस्तै भियतनामको पनि दुवै पक्षसँग राजनीतिक सम्बन्ध छ । भियतनाममा उत्तर कोरियाको एक उच्चायोग पनि छ ।

कम्युनिष्ट-कम्युनिष्ट भाई-भाई

भियतनाम र उत्तर कोरिया दुवैमा कम्युनिष्ट शासन छ । अझ किम जोङ्ग उन त भियतनामको आर्थिक र राजनीतिक मोडेलसँग निक्कै प्रभावित रहेको विश्वास गरिन्छ । दक्षिण कोरियाका मिडियाका अनुसार उनी आफ्नो देशमा लागु कठोर प्रतिबन्ध खुकुलो भएपछि आफ्नो देशमा पनि यही मोडेललाई कार्यन्वयन गर्न चाहन्छन् । दक्षिण कोरियाली मिडियाका रिपोर्टअनुसार किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपतिसँगको भेटघाटमा चीनको साटो भियतनामको आर्थिक मोडेलको निक्कै प्रशंसा गरेका थिए ।

तथापि जानकारहरुको विश्वासमा उत्तर कोरियाका कैयन यस्ता जटिल मुद्धाहरु छन्, जुनबाट पार पाउन उसले भियतनाम र चीन दुवैबाट सिक्नुपर्छ । यही उदेश्यले सन् २०१८ नोभेम्बरमा उत्तर कोरियाका विदेश मन्त्रीको नेत्तृत्वमा एक विशेष दल भियतनामको राजधानी हनोई गएको थियो । यस भ्रमण दलका सदस्यहरुले त्यहाँको स्थानीय सरकारको प्रतिनिधिहरुसँग भेटघाटमा उत्तर कोरियामा भियतनाम शैलीमा केही परिवर्तन भइरहेकोमा खुसी व्यक्त गरेका थिए ।

भ्रमण दलले भियतनामलाई आफ्नो सामाजिक–आर्थिक विकासको अनुभवहरु शेयर गर्न आग्रह गर्यो । उत्तर कोरिया र भियतनामको राजनीतिक सम्बन्ध सन् १९५० देखिको हो । यो अवधिमा दुई देशबीच रहेको व्यापारिक सम्बन्धमा कयैन पटक मतभेद पनि देखियो । तर भियतनामले यो सम्बन्धलाई टुट्न भने दिएन । इतिहासमा अमेरिकाले भियतनाममाथि २० वर्ष लामो युद्ध थोपरेको थियो । इतिहासमा अमेरिकाले भियतनाममाथि लगभग दुई दशक लामो युद्ध थोपर्यो । सन् १९७५ मा युद्ध सकिँदा भियतनाम बर्बादीको अवस्थामा पुगेको थियो ।

युद्धमा पश्चिमी देशहरु पुरा लाग्दा पनि भियतनामको कम्युनिष्ट गुरिल्ला हराउन नसकेपछि भियतनाममा कम्युनिष्ट शासनको जग बलियो भएको थियो । यसपछि पश्चिमी देशहरुको लागि भियतनाम अछूत जस्तो भएको थियो । घोर आर्थिक संकटसँग जुधिरहेको भियतनाममाथि पश्चिमी राष्ट्रहरुले उल्टो बलियो खालको अन्तराष्ट्रिय प्रतिबन्ध लगाइयो । यस्तोमा यो देशका लागि आर्थिक स्थिति मजबुद बनाएर अर्थव्यवस्थालाई ट्र्याकमा ल्याउनु ठूलो चुनौती थियो ।

खराब आर्थिक व्यवस्थाबाट उठ्नको लागि भियतनामले आर्थिक सुधारका कयैन श्रृंखलाबद्ध कदमहरु उठायो । यी कदमहरु कुशल कार्यन्वयनले गर्दा भियतनाम दक्षिण–पूर्वी एसियामा सबैभन्दा तीव्र गतिमा उदाएको अर्थव्यवस्थामा सामेल हुन सफल भयो । यही सुधारहरुको असरले गर्दानै सन् २०१८ मा भियतनामको कुल ग्राहस्थ उत्पादनको वृद्धि दर लगभग ७५ रहेको थियो । उस्तै उस्तै इतिहासका कारण भियतनाम उत्तर कोरियाको लागि राम्रो उदाहरण बन्न सक्छ ।

एकल कम्युनिष्ट शासन भएकाले दुवै देशलाई अरु देशहरुसँग व्यापारिक सम्बन्ध बनाउन त्यति राजनीतिक सहमतिको अफ्ठ्यारो आउँदैन । पछिल्ला केही वर्षहरुमा भियतनाममा कयैंन अर्ब अमेरिकी डलर लगानी भइसकेको छ । साथमा यो देशले युरोपेली संघसमेत ट्रान्स प्यासिफिक साझेदारीजस्तो स्वतन्त्र व्यापार सम्झौता गरेको छ ।

अमेरिका-भियतनाम सम्बन्ध स् शत्रुबाट मित्रतातर्फ

ट्रम्पको लागि पनि भियतनाम सुरक्षित स्थान हो । पछिल्लो केही वर्षयता यी दुई देशको सम्बन्धमा निक्कै सुधार आएको छ । भियतनाम सरकारले वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्प र उनी अघिका बाराक ओबामासँग कयैन वार्ताहरु गरिसकेका छन् । सन् २०१७ मेमा डोनाल्ड ट्रम्प र भियतनामका प्रधानमन्त्रीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको थियो ।

त्यसपछि सन् २०१७ को अन्तिममा ट्रम्प आफै भियतनामको भ्रमणमा गएका थिए । हाल दुवै देशबीच बलियो व्यापारिक सम्बन्ध छ । अमेरिकाको लागि यो व्यापारिक सम्बन्ध, चीनसँगको व्यापार युद्धको कारण पनि विशेष छ । अमेरिकाले प्रशान्तीय क्षेत्रमा चीनलाई काउन्टर दिने राष्ट्रको रुपमा भियतनामलाई अंगालेका छ । दुवै कम्युनिष्ट देश भए पनि चीन र भियतनामबीच त्यति सुमधुर सम्बन्ध छैन ।

प्रकाशित मिति: Feb 14, 2019

प्रतिक्रिया दिनुहोस्