Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो घरको पङ्खामा झुण्डिएर यी नायिकाले गरिन् आत्महत्या, प्रेमीविरुद्ध मुद्दा दर्ता

तेलुगु टिभी नायिका नागा झाँसी ९२१० ले फेब्रुअरी ५ मा आफ्नो घरको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनी हैदराबादको श्रीनगर कोलोनीमा बस्थिन् । उनले प्रेममा धोका पाएका कारण यस्तो कदम उठाएको बताइन्छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार उनी सूर्या तेजा भन्ने व्यक्तिसँग सम्बन्धमा थिइन् तर उनले झाँसीसँग विवाह गर्न अस्विकार गरेका थिए ।

सूर्याको यस्तो निर्णयले झाँसी निकै तनावमा थिइन् र उनले आत्महत्या गरिन् । अब पुलिसले सूर्या तेजामाथि आत्महत्याका लागि उक्साएको भन्दै मुद्दा दर्ता गरेको छ । साथै उनलाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।

आत्महत्या अघि गरेकी थिइन् तेजासँग कुरा :

टाइम्स अफ इन्डियामा छापिएको रिपोर्ट अनुसार यो मामलामा अनुसन्धान गरिरहेका सब इन्सपेक्टर चन्द्रशेखरले भने, ‘आत्महत्या गर्ने दिन झाँसीले सूर्यालाई फोन गरेकी थिइन् र उनले कुराकानी गरेकी थिइन् तर सूर्याले उनीसँग राम्रोसँग कुरा गरेनन् र आफू निकै व्यस्त हुने भएकाले दुई दिनसम्म फोन नगर्न भन्दै फोन राखे । त्यसपछि झाँसीले तेजालाई फोन गरिन् तर उनले उठाएनन् ।’

झाँसीका परिवारसँग पनि पुलिसले बयान लिएको छ जसमा उनकी आमाले झाँसीले सूर्यालाई १।३ लाख भारुको बाइक उपहार दिएको जानकारी दिइन् । साथै उनले सूर्यालाई नागाले टिभी सिरियलमा काम गरेको मन नपरेको पनि बताइन् । नागाको परिवारको बयानको आधारमा नै पुलिसले सूर्या विरुद्ध मुद्दा दर्ता गरेको हो ।

प्रकाशित मिति: Feb 14, 2019

प्रतिक्रिया दिनुहोस्