Logo
१३ बैशाख २०८१, बिहीबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरस्वती पुजाको अवरमा प्रदेश २ मा महिला, पुरुष कुस्ती

सप्तरी : प्रदेश नम्बर २ स्थित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर-१ तिलाठीमा अन्तराष्ट्रिय कुस्ती (दङ्गल) प्रतियोगिताको आयोजना गरिएको छ ।

वि.सं. २०४२ सालको राजदरबार बम काण्डका नाइके रहेको आरोप लगाउँदै वेपत्ता पारिएका सहिद सांकेत चन्द्र मिश्रको सम्झनामा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा नेपाल-भारतका महिला र पुरुष गरि ४८ जना कुश्तीवाजको सहभागीता रहेको आयोजक संस्थाका निरज कुमार मुक्तिले जानकारी दिनुभयो ।

सरस्वती पुजा समिति तिलाठीले आयोजना गरेको तीन दिवसीय प्रतियोगिताको पहिलो दिन नेपालका २ महिला र १६ पुरुष तथा भारतका ४ महिला र २० जना पुरुषबीच खेल भएको छ ।

सो प्रतियोगितामा भारतका चण्डीगढ, बनारस, राजस्थान, बलीया, छत्तिसगढ, सुपौल, सहरसा र दरभंगा तथा नेपालको सप्तरी, सिरहा, सुनसरी, बारा, पर्सा, रौतहट, कपिलवस्तु र मोरङ्ग जिल्लाका कुश्तीवाजहरु सहभागीता रहेको आयोजकले जनाएको छ ।

सो कुस्ती प्रतियोगिता हेर्नका लागि सप्तरी सहित छिमेकी भारतबाट हजारौ स्थानीयबासीहरुको ठुलो भिड लागेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्