Logo
६ बैशाख २०८१, बिहीबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कण्डम दिवस सन्दर्भ : थाह पाइराख्नुस् यस्का फाइदा र प्रयोग गर्ने तरिका

काठमाडौँ : सुरक्षित यौन सम्पर्क र त्यसमा कण्डमको भूमिकाबारे सचेतना फैलाउने उद्देश्यसहित बुधबार नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय कण्डम दिवस मनाईँदै छ ।

कण्डम पुरुषले प्रयोग गर्ने एक मात्र अस्थायी गर्भनिरोधक साधन हो र यसले यौन रोगको संक्रमण हुनबाट पनि जोगाउँछ । अर्थात कण्डम सुरक्षित यौन सम्पर्कको सबैभन्दा सहज, सुलभ र सजिलो माध्यम हो ।

हरेक वर्ष फेब्रुअरी १३ का दिन मनाइने कण्डम दिवसका अवसरमा यो वर्ष ‘सेफर इज फन’ नारा तय गरिएको छ । कण्डमले सहवासको बेलामा वीर्य निस्कदा यसमै जम्मा हुने र महिलाको पाठेघरमा पुग्न नदिई गर्भ रहनबाट राक्ने काम गर्छ ।

के हो कण्डम ?
कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाइने एक प्रकारको रबरको पातलो खोल हो । यसले शुक्रकिटलाई महिलाको पाठेघरमा बस्न नदिएर गर्भ रहनबाट बचाउने गर्छ ।

पुरुषले यदि हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्ने हो भने यसले गर्भ राक्नमा ९८ प्रतिशत प्रभावकारी रहने चिकित्सकहरुले बताउने गरेका छन् । यस्तै कण्डमको प्रयोगले एचआइभीसहितका यौन रोगबाट बच्न सकिन्छ ।

कण्डमका फाइदा :
-अनिच्छित गर्भधारण हुनबाट बचाउने
-सुरक्षित यौन सम्पर्क
-प्रयोग गर्न सजिलो
-सजिलैसँग किन्न पाइने
-एचआईभी–एड्स जास्ता यौन रोग लाग्नबाट बचाउने

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा : 
-एकै पटकमा दुईवटा कण्डम प्रयोग नगर्ने
-यौन सम्पर्कको समयमा फुट्ने, चप्लिने जस्ता समस्या देखिने भएका कारण सही तरिकाले प्रयोग गर्ने
-प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्