Logo
७ बैशाख २०८१, शुक्रबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व रेडियो दिवस : रेडियो नेपालको प्रभातफेरी

काठमाडौँ : विश्व रेडियो दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाईँदै छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्ष फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो ।

त्यसयता हरेक रेडियो दिवस मनाउने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकबिचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

विश्वमा व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९९ वर्ष भएको छ । नेपालमा रेडियो प्रशारण सुरु भएको ६८ वर्ष पुगेको छ । भोजपुरमा २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

२०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले इजाजत प्राप्त एफएम रेडियोको संख्या ९ सय ६२ पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सामुदायिक रेडियोको छाता संगठन सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोर्‍याब) को वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलन बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुँदैछ ।

विश्व रेडियो दिवसको अवसर पारेर अकोर्‍याब केन्द्रीय समितिले तीनदिने राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा देशभरका ३५० सामुदायिक रेडियोका प्रमख तथा प्रतिनिधि, रेडियो अभियन्ता र सञ्चार क्षेत्रका अगुवाको सहभागिता रहनेछ ।

यसैबीच रेडियो नेपालले प्रभातफेरी गरेको छ । विषेश किसिमको ज्याकेट र टोपीलगाएर रेडियो नेपालमा आवद्ध पत्रकार तथा संचारकर्मीहरुले प्रभातफेरी गरेका हुन् ।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्