Logo
७ बैशाख २०८१, शुक्रबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनयुद्ध दिवस : डा. भट्टराईद्वारा शुभकामना तर जनआन्दोलन नभुल्न सुझाव

काठमाडौँ : आज फगुन १ जनयुद् दिवसका अवसरमा विभिन्न कम्युनिष्ट घटकले आ-आफ्नै ढंगले कार्यक्रम गरी मनाउने तयारी गरेका छन् । यसै अवसरमा नेताहरुले शुभकामना सन्देशसमेत दिएका छन् । २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गर्नेमध्यका एक नेता हुन् डा. बाबुराम भटट्राई । तर, भटट्राई हाल माओवादी छाडेर नयाँ शक्ति पार्टीमा छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले जनयुद्ध दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत डा। भट्टराईले सशस्त्र जनयुद्धको २४ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजको लोकतान्त्रिकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस ९फागुन १ गते० को सबैमा हार्दिक शुभकामना भनेका छन् । भट्टराईले संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२-६३ को जनआन्दोलनको प्रमुख भूमिका रहेको भन्दै यसलाई नभुल्न पनि सुझाव दिएका छन् ।

भट्राईले जनयुद्ध दिवसको शुभकामना शव्दसँगै आफ्नो र पूर्व सहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’को जनयुद्धकालिन तस्विर पोष्ट गरेका छन् । भट्टराई र प्रचण्ड २०४८ सालदेखि ७१ सालसम्म एउटै पार्टीमा रहेर काम गरेपनि अहिले फरक-फरक पार्टीका प्रमुख छन् ।

नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १ गते) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना१ संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२र६३को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं !

बाबुराम र प्रचण्डले २०४८ सालदेखि २०५१ सालसम्म संयुक्त जनमोर्चाको शीर्ष स्थानमा रहेर काम गरेका थिए । संयुक्त जनमोर्चाबाट हटाइएपछि उनीहरू २०५२ साल माघ २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग पेश गरेर फागुन १ गते सशस्त्र जनयुद्धमा होमिएका थिए । १० वर्ष चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भएका थिए ।

यस्तैजनयुद्ध दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धमा जनताले गरेको त्याग र बलिदान खेर नगएको बताएका छन् । जनयुद्धले गम्भीर धक्का खाए पनि जनताको त्याग र बलिदानले भावी क्रान्तिको लागि ऊर्जा प्रदान गरेको उनको ठहर छ । ‘नेपालमा सञ्चालित महान जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर गएका छैनन् र तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेका छन्’ २४ औं जनयुद्ध दिवसको अवसरमा मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै वैद्यले भनेका छन् ।

त्यस्तै, जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हुँदै पश्चगमनको बाटो पकडे पनि सच्चा क्रान्तिकारी कम्युनिस्टहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखेको वैद्यले दावी गरेका छन् । विज्ञप्तिमा ‘नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादको सर्वोच्च आदर्श प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने’ वैद्यले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्