Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति आर्यघाट स्थित विधुतिय शवगृहमा उपेन्द्र यादवकी बुहारीको दाहसंस्कार

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवकी बुहारीको पार्थिव शरीरलाई मंगलबार नै दाहसंस्कार गरिएको छ । उपचारका क्रममा मंगलबार दिउँसो उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका उपेन्द्रका छोरा अमरेन्द्रकि पत्नी मनिषा यादवको निधन भएको थियोे ।

पशुपति आर्यघाट स्थित रहेकोे विधुतिय शवगृहमा हिन्दु विधी-.विधान अनुसार राति ९ बजे दाहसंस्कार गरिएकाे हो । लामो समयसम्म भारतको नयाँ दिल्लीमा उनको उपचार भइरहेको थियो ।

बिहेलगतै उनी विरामी भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ डेढ वर्षसम्म उपचार चलेको थियो । डाक्टरले लामो समयसम्म बाँच्न नसक्ने भनेपछि उनलाई आठ महिनाअघि नेपाल ल्याएको थियो ।

काठमाडौंमा उनलाई घरमै राखिएको थियो । विरामी शुरु भएपछि ६ दिनअघि उनलाई क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।फोरमका बिराटनगर नगर अध्यक्ष समेत रहेका अमरेन्द्रले २०७२ वैशाख २९ गते सप्तरी बथनाह-१ का शशीकुमार र शोभा यादवकी छोरी मनिषासँग विवाह गरी पत्निका रुपमा भित्र्याएका थिए ।

विराटनगर-१२ हाटखोलास्थित दधिराम कम्पेल्कसको ‘फन एन्ड फुड भिलेज रिसोर्ट’ मा उनको विवाह धुमधामका साथ भएको थियो ।  उनीहरुको दुई वर्षकी छोरी समेत छिन् ।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्