Logo
७ बैशाख २०८१, शुक्रबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारी मनीषा यादवको निधन

काठमाण्डौ : उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवज्यूकी बुहारी मनीषा यादवको निधन भएको छ ।

लामो समयदेखि क्यानसरको बिरामी रहेकी यादवको मंगलवार दिउसो भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

उनको मंगलवारै साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने यादवको पारिवारिक श्रोतले जनाएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपेन्द्रका छोरा अमरेन्द्रले मंगलवार बिहान एउटा स्टाटस लेख्दै दुख्द क्षणलाई सार्वजनिक गरेका थिए ।

उनले मंगलवार बिहान लेखेका छन् –‘छ्टपटिका कुन्ठाहरु निकै बाहिर देखाउन नमिल्ने निकै तितो अनुभव झेलेको जीबनमा महसुस गर्दै छु, यति कमजोर त म अबश्य होइन जस्तो लाग्थ्यो आखिर को रहेछु त म !! जीवनमा पुनः त्यही छण ।

बिहेलगतै उनी विरामी भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

त्यहाँ डेढ वर्षसम्म उपचार चलेको थियो । डाक्टरले लामो समयसम्म बाँच्न नसक्ने भनेपछि उनलाई आठ महिनाअघि नेपाल ल्याएको थियो ।

काठमाडौंमा उनलाई घरमै राखिएको थियो । विरामी शुरु भएपछि ६ दिनअघि उनलाई क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले २०७२ वैशाख २९ गते सप्तरी बथनाह-१ का शशीकुमार र शोभा यादवकी छोरी मनिषा यादवसँग आफ्नो छोरा अमरेन्द्र यादवको विहे गरी बुहारीका रुपमा भित्र्याएका थिए ।

विराटनगर-१२ हाटखोलास्थित दधिराम कम्पेल्कसको ‘फन एन्ड फुड भिलेज रिसोर्ट’ मा उनको विवाह धुमधामका साथ भएको थियो । उनीहरुको दुई वर्षकी छोरी छिन् ।

(सच्याइएको : भुलवास यसअघी अन्यत्र तस्बिर पाेष्ट भएकाेमा  त्यसलाई सच्याईएको छ । उक्त मानवीय त्रुटिपूर्ण कार्यप्रती हामी क्षमाप्रर्थी छौं । सम्पादक ) 

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्