Logo
१५ चैत्र २०८०, बिहीबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘यात्रा’ दोस्रो गीत ‘पञ्च पंक्षी’ सार्वजनिक, मस्ती मुडमा सलिनमान

काठमाडौं : डेब्यु फिल्म ‘ए मेरो हजुर २’ बाटै दर्शकमा राम्रो क्रेज बनाउन सफल अभिनेता सलिनमान बनियाँ अभिनित दोस्रो फिल्म ‘यात्रा’ ले पहिलो गीत सार्वजनिक गरेको छ । केही दिन अगाडि सार्वजनिक फिल्मको टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण युनिटले फिल्मको चर्चाका लागि दोस्रो गीत सार्वजनिक गरेको हो ।

‘पञ्च पन्छी’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत प्रतिक पौडेल र स्वर मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पौडेलको रहेको छ । प्रविण सिंहको कोरियोग्राफी रहेको गीतमा सलिनमान मस्ती मुडमा देखिएका छन् ।

गीतमा काठमाडौंदेखि सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । सलिनमान हेयर स्टाइल र आकर्षक ड्रेसअपका कारण चर्चित छन् । फिल्ममा सलिनमानको अलवा जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोललगायतको अभिनय छ ।

विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको फिल्ममा बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् । २९ चैतबाट प्रदर्शनमा आउने ‘यात्रा’ मा सलिनमानले एक भ्लगरको भूमिका निर्बाह गरेका छन् । जर्नी लभस्टोरी भनिएको फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सहनिर्माता रहेको फिल्म सम्राट सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्