Logo
१३ बैशाख २०८१, बिहीबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्याकेजको व्यवस्था सहित भ्यालेल्टाइन डेमा डेटिङका लागि आफैंलाई बेचिरहेका छन् पिटर विल्डिङ

भ्यालेन्टाइन्स डे विशेष गरि जोडीहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । तर यदि तपाईं यो वर्ष पनि ‘सिंगल’ हुनुहुन्छ र पार्टनरको खोजीमा हुनुहुन्छ भने यो खबर तपाईंको लागि हुनसक्छ । न्यूजिल्याण्डका पिटर विल्डिङले भ्यालेन्टाइन्स डेको मौकामा आफूलाई बेच्ने घोषणा गरेका छन् । यसका लागि पिटरले विशेष प्याकेजको पनि व्यवस्था गरेका छन् ।

उनले फेसबुक पेज ताउपो नोटिसबोर्डमा डेट प्याकेजबारे विज्ञापन दिएका छन् । त्यहाँ उनले ८ वटा डेट प्याकेजको विकल्प दिएका छन् । साथै, खर्च गर्नसक्नेका लागि थप दुई प्याकेज उपलब्ध छन् । उनले लेखेका छन्, ‘भ्यालेन्टाइन्स डे १० दिन टाढा छ, त्यसकारण अब बुकिङको बेला आएको छ ।’

‘मलाई भ्यालेन्टाइन्स डेको लागि भाडामा लिनुहोस् ९मसँग विभिन्न अफर छन् । मूल्य कुराकानीमार्फत मिलाउन सकिने ।’ मूल्य ७।८१ पाउन्ड अर्थात् लगभग हजार रुपैयाँबाट सुरु हुन्छ । यति पैसामा तपाईं ती व्यक्तिसँग साथीको रुपमा बिहान एक घण्टा सँगै डुल्न सक्नुहुन्छ ।

मूल्य दोब्बर तिर्दा तपाईं बिहानको समयमा दुई घण्टा ती व्यक्तिसँग डुल्न पाउनु हुन्छ । यसमा तपाईंले चकलेट पाउनुहुनेछ र ती व्यक्तिले तपाईंको हात पनि समाउनेछन् । साथै तपाईंले यदि बढि मूल्य तिर्नुहुन्छ भने थप सुविधा पाउनुहुन्छ जस्तैः स्पा पार्कमा स्विमिङ, एक टुक्रा पाई र ड्रिंक, म्याकडोनल्डको खाना र तपाईंहरु दुईजनाको फोटो ।

पिटरले तपाईंको परिवारसँग बसेर डिनर पनि खानसक्छन् तर यसका लागि तपाईंले बढी पैसा तिनुपर्छ । पैसा बढि तिरे उनी तपाईंका साना भाइबहिनीसँग पनि खेलिदिन्छन् । उनी दुई हप्तासम्म तपाईंको प्रेमीको रुपमा रहन सक्छन्, त्यो पनि फेसबुकमा । यदि तपाईंलाई उनीबाट केही बढी नै अपेक्षा छ भने उनीसँग १५ घण्टाको ओभरनाइट कम्बो प्याकेज एक सय पचार डलरमा खरिद गर्न सक्नुहुन्छ । यद्यपी, उनले महिलाको उमेरको आधारमा कसैलाई रिजेक्ट पनि गर्नसक्ने बताएका छन् ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्