Logo
१३ बैशाख २०८१, बिहीबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन ४ गते गण्डकी प्रदेशकाे स्थापना दिवस, अर्थ मन्त्रीको संयोजकत्वमा समारोह समिति गठन

पोखरा  : आउँदो फागुन ४ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरबाट पद तथा गोपनियताको शपथ लिएको एक वर्ष पूरा हुँदैछ ।

माघ २० गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयानुसार प्रदेश सरकारले यही फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

प्रदेश सरकार गठन भएको दिनलाई आधार मानेर गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसको रुपमा मनाउने भएको छ । सो समारोहमा एक वर्ष भरिका कार्यप्रगति विवरण प्रस्तुति, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने लगायतका कार्यक्रम रहेको जनाइएको छ ।

बैठकले स्थापना दिवस मनाउनको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा ६ सदस्यीय समारोह समिति गठन गरिएको मन्त्री बस्नेतले बताए ।

समितिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रमुख सचिव लक्ष्मीराम पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवहरू लालमणि ओझा धर्मराज कुइँकेल र दलबहादुर अधिकारी छन् ।

बैठकले तीनवटा उप-समिति समेत गठन गरेको छ । प्रचारप्रसार, मञ्च व्यवस्थापन र कार्य विवरण पुस्तिका प्रकाशन उपसमिति रहेका छन् ।

 

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्