Logo
८ बैशाख २०८१, शनिबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको सिमामा अमेरिकी-नेपाली सेनाको सैन्य अभ्यास (फोटोफिचर)

काठमाडौं : छिमेकी देश चीन नजिकै अमेरिकी सेनाको ‘स्पेशल फोर्स’ र नेपाली सेनाको संयुक्त सैन्य अभ्यास जारी रहेको छ ।

सामरिक क्षेत्र मानिने नेपाल-चीनबीचको हिमाली जिल्ला मुस्ताङको हिमाली क्षेत्रको हिउँमा परेड खेलिरहको तस्बिरहरु नेपालस्थित अमेरिकी दूतावासले सोमबार ट्विटरमा पोष्ट गरेको छ ।

भारी हिमपातका बीच चिनियाँ नाका नजिक हिमाली क्षेत्रमा जारी गरिएको यो संयुक्त सैन्य अभ्यासलाई निकै महत्वपूर्ण मानिएको अमेरिकी दूतावासले ट्विटर उल्लेख गरेको छ ।

ट्विटमा भनेको छ, ‘यस खालको अभ्यासले सेनामा हिमाली युद्धकला, उच्चसुरक्षा लगायत सीपको विकासमात्र नभएर दुई देशका सेनाको सम्बन्धमा पनि वृद्धि हुनेछ ।’

यो अभ्यासमा इन्डो प्यासिफिक क्षेत्रमा सुरक्षा साझेदारी तथा युद्ध गर्ने अमेरिकी सेनाको विशेष फौजका ७ विशेष कमान्डर छन् । भने नेपालका महावीर रेञ्जर रेजिमेन्ट र हिमाली युद्धकला विद्यालयका ४१ सैन्य अधिकारी छन् ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्