Logo
७ बैशाख २०८१, शुक्रबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केही भ्रामक समाचारहरुमा कुनै सत्यता छैन, मलेसियामा सोंचेभन्दा राम्रो सहयोग पायौं : धुर्मुस

काठमाडौं : भरतपुरमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक सहयोग जुटाउन मलेसिया पुगेका कलाकार सीताराम कट्टेल (धुर्मुस) ले मलेसियामा सोंचेभन्दा बढी सहयोग मिलेको बताएका छन् ।

क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक रकम जुटाउन कार्यक्रम लिएर मलेसिया पुगेका कट्टेल र कुञ्जना घिमिरे (सुन्तली) ले नेपाल फर्किए लगतै सामाजिक सञ्जालमा लेख्दै मलेसियामा सोंचभन्दा राम्रो सहयोग जुटेको स्पष्ट पारेका छन् ।

मलेसियामा रहेका नेपाली दाजुभाइ र दिदीबहिनी क्रिकेट रङ्गशाला बन्ने कुरामा उत्साहित रहेको जानकारी गराउँदै फेरि रकम संकलनका लागि मलेसिया आउन निम्तो दिएको पनि उल्लेख गरेका छन् ।

उनले धुर्मुस-सुन्तली मलेसियाबाट निरास बनेर फर्किए भन्ने केहि समाचारमा सत्यता नभएको बताउँदै यस्ता भ्रमपूर्ण समाचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘रङ्गाशाला निर्माण सहयोगार्थ जुन उद्धेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामाका नेपाली दिदी बहिनी दाजुभाइबाट सोँचे भन्दा राम्रो सहयोग-सदभाव पाएका छौं’, धुर्मुसले भने, ’यही अभियानलाई लिएर फेरि मलेसिया आउने निम्तो पनि पाएका छौं, यसले हामीलाई थप हौसला मिलेको छ ।’

मलेसियाका विभिन्न ठाउँमा क्रिकेट रङ्गशालाका लागि चलाएको अभियानका क्रममा त्यहाँका नेपालीबाट प्राप्त सहयोगबारे नेपाल फिरेर जानकारी गराउने उनले बताएका छन् ।

’केही भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु’, धुर्मुसले भनेका छन् । क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन कलाकार पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ सहित धुर्मुस साताअघि मलेसिया पुगेका थिए ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्