Logo
८ बैशाख २०८१, शनिबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामुदायिक वनको आम्दानी स्थानीय तहलाई दिनुपर्ने

काठमाडौं : सामुदायिक वनले आफ्नो आम्दानीको दश प्रतिशत हिस्सा स्थानीय तहलाई दिनुपर्ने भएको छ । संसदको कानुन तथा मानवअधिकार समितिले स्थानीय सरकार सञ्चालन सम्बन्धी ऐनलाई अन्तिम रुप दिँदै सामुदायिक वनले दश प्रतिशत आम्दानी स्थानीय तहलाई दिनुपर्ने व्यवस्था गरेको हो ।

सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत स्थानीय सरकार सञ्चालनलगायत ५६ वटा कानुन संशोधनका लागि संसदमा पेश गरेको थियो ।

सरकारले विधेयकमा सामुदायिक वनको २५ प्रतिशत आम्दानी स्थानीय सरकारलाई दिनुपर्ने प्रस्ताव गरे पनि समितिले १० प्रतिशत मात्र कायम गरेर प्रतिवेदन तयार पारेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

अहिलेसम्म सामुदायिक वनले आम्दानीको हिस्सा स्थानीय तहलाई दिनुपर्ने कानुनी व्यवस्था छैन ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्